Incident Reports

हत्यारा पक्राउ नपरेपछि प्रहरी कार्यालयमा प्रर्दशन

2021-02-27

बालिकाको हत्यामा संलग्नलाई नियन्त्रणमा लिएर कारवाही गर्न माग गर्दै स्थानियले प्रर्दशन गरेका छन् । कावासोती नगरपालिका वडा –४,मा ६ महिने बालिकालाई हत्या गरिएको भन्दै हत्यामा संलग्नलाई पक्राउ गरि कारवाही गर्न माग राखि शनिबार प्रहरी कार्यालयमा स्थानियले प्रदर्शन गरेका हुन् । ६ महिने बालिकालाई आफ्नै घरपरिवारले नियोजित रुपमा हत्यागरेको भनि बालिकाकी आमाले जाहेरी दिएपछी अनुसन्धानमा संलग्नलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीले बताउनुभयो ।

स्थानियले भने प्रहरीले घटनाको छानबिनमा उदासिनता देखाएको भन्दै शनिबार प्रर्दशन गरेका थिए । उनिहरुले घटनाको निश्पक्ष छानविन गरि दोषिलाई कारवाहीको माग गरेका छन् । प्रहरी नायव उपरिक्षक गिरीले संलग्न भनिएको व्यक्तिलाई नियन्त्रणमा लिइएको र आवश्यक अनुसन्धान प्रक्रिया शुरु गरिएको बताउनुभयो ।

घटना फागुन ६ गते राति बिहिबारको भएको भएपनी फागुन ७ गते शुक्रबार बिहान ५ बजे मात्रै थाहा भएको जनाईएको छ । बालिकालाई नियोजित रुपमा विषादी खुवाएर हत्या गरेको आरोप बालिकाकी आमाको रहेको छ । घटनामा मृत बालिकाको बुबा,हजुरबुबा, हजुरआमा र अमाजु संलग्न रहेको भनेर प्रहरीमा किटानी जाहेरी परेको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments