Incident Reports

काठमाडौं महानगरपालिका कार्यालय अगाडि नागरिक आन्दोलनको धर्ना

2021-02-28

Bagmati, Kathmandu, Kathmandu, Ward 22

१६ फागुन, काठमाडौं ।

विकासको नाममा ‘प्रतिगमन’ भएको भन्दै नागरिक समाजका प्रतिनिधिहरुले काठमाडौं महानगरपालिका कार्यालय अगाडि धर्ना दिएका छन् ।

बृहत नागरिक आन्दोलनको अगुवाइमा सुन्धारास्थित महानगरपालिका कार्यालय अगाडि आज धर्ना दिइएको हो । धर्नामा उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति र नेवाः देय दबुका प्रतिनिधिहरु पनि सहभागी थिए ।धर्नामा बसेकाहरुले ‘नागरिकलाई सडक छाप बनाउने कस्तो नीति ? कस्तो सरकार ?’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

बालाजु बाइपास सडक विस्तारको क्रममा उठिबास लगाइएकालाई सोही स्थानमा पुनःस्थापित गर्नसमेत माग गरेका छन् ।

स्थानीयलाई उठिबास लगाउने गरी सडक विस्तारको विरोध गर्दै आएका उनीहरुले सम्पदा संरक्षणमा समेत जोड दिएका छन् ।

शुक्रबार उनीहरुले काठमाडौंको कमलपोखरीमा बनाइएको कंक्रिकटको संरचना भत्काइदिएका थिए ।

[Update]


Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CSO/NGO
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments