Incident Reports

अछाममा छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका शिक्षक प्रहरीको नियन्त्रणमा

2021-02-27

Sudurpashchim, Achham, Sanphebagar

धनगढी: अछाममा छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार साँफेबगर नगरपालिका १३ बाब्लामा रहेको राष्ट्रिय माध्यमिक विद्यालयका शिक्षक देवेन्द्र बहादुर कुँवरलाई नियन्त्रणमा लिइएको हो। छात्राका अभिभावकसँग र गाउँका अन्य व्यक्तिसँग पनि घटनाको बारेमा सोधपुछको भइरहेको प्रहरीले बताएको छ।शिक्षक कुँवरले शनिबार वनभोज गएको बेला छात्रामाथि यौन दुर्व्यवहार गरेको विद्यार्थीहरुको आरोप छ। उनीहरुले घटनाको निष्पक्ष छानविनको माग गर्दै विद्यालयमा तालाबन्दी समेत गरेका छन्।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total damaged Buildings 00
National/Online Media

0 Comments