Incident Reports

धादिङमा डोजरको ठक्करबाट एक महिलाको मृत्यु, आक्रोशित स्थानीयले गरे डोजरमा आगजनी

2021-03-01

Bagmati, Dhading, Tripura Sundari, Ward 1

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं १ सल्यानटार खोल्सी नजिक डोजरले ठक्करबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा धादिङको त्रिपूरासुन्दरी गाउँपालिका वडा न १ कि सरस्वती कुमाल रहेकी छन्।

सडक निर्माण गर्नको लागि सडकमा भएको माटो फाल्दै गरेका बेला घाँस काटेर फर्कदै गरेकी त्रिपुरासुन्दरी वडा नं १ कि सरस्वती कुमाललाइ जेसीवी डोजरले ठक्कर दिएको थियो। महिलाको शव भने माटोले पुरिएको अवस्थामा भेटिएको थियो।

घटनास्थलमा रहेका स्थानीय बासीन्दाका अनुसार डोजरको ठक्कर पछि घाइते भएकी महिलालाइ जिउदै अवस्थामा डोजरले माटो खनेर पुरिदिएपछि चालक फरार भएका थिए।

ठक्करबाट घाइते भएकी महिलालाइ डोजर चालकले उद्धार गर्नुको साटो थप माटोले पुरिदिएर घाइते अवस्थामै हत्या गरेको भन्दै आक्रोशित स्थानीयले डोजरमा आगजनी गरेको स्थानीयको भनाइलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी निरीक्षक अरुण कुशुहवाले जानकारी दिए।

आक्रोशित स्थानीयले घटनास्थलमा नाराबाजी गरि क्षतिपुर्तिको माग गरिरहेका छन्। डोजर चालक र बाटो बनाउने ठेकेदारलाई प्रहरीले खोजी गरिरहेको जानकारी दिएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Extra-judicial response to traffic accidents
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments