Incident Reports

अनेरास्ववियूले धनकुटा क्याम्पस प्रमुख र सहायक प्रमुखको पुत्ला जलायो

2021-03-01

काठमाडाैं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहनिकट अनेरास्ववियूले धनकुटा बहुमुखी क्याम्पस प्रमुख होमबहादुर बस्नेत र मानविकी संकायका सहायक क्याम्पस प्रमुख रुद्रप्रसाद पोख्रेलको पुत्ला जलाएको छ।

गत फागुन १० गतेदेखि सञ्चालित स्नातक तह तेस्रो वर्षको परिक्षा सञ्चालनका क्रममा क्याम्पसमा संलग्न परिक्षार्थीको वस्तुगत प्रश्नको उत्तरपुस्तिका क्याम्पसका मानविकी संकायका सहायक क्याम्पस प्रमुख पोख्रेलद्वारा फेरबदल गरेको भन्दै अनेरास्ववियूले बस्नेत र पोख्रेलको पुत्ला जलाएको हो।

यसअघि अनेरास्ववियूले गत शुक्रबार धनकुटा बहुमुखी क्याम्पस प्रमुख र सहायक क्याम्पसको कार्यकक्षमा अनिश्चितकालीन तालाबन्दी गरेको थियो। परीक्षाको विषयमा भएको अनिमियता छानबिन गरी दोषीलाई कारबाही नगरेकाले अनेरास्ववियू चरणबद्ध आन्दोलनमा रहेको क्याम्पस कमिटी सहसंयोजक सन्तोष बुढाथोकीले जानकारी दिए।

पुत्ला दहनअघि अनेरास्ववियूले क्याम्पस गेटदेखि प्रशासनिक भवनसम्म क्याम्पस प्रमुख बस्नेत र मानबिकी संकायका सहायक क्याम्पस प्रमुख पोख्रेलको विरुद्ध नाराबाजी गरेको थियो।

अनेरास्ववियूले क्याम्पस प्रमुख बस्नेत र मानविकी संकायका सहायक क्याम्पस प्रमुख पोख्रेलको राजीनामा माग गरेको छ। परीक्षामा उत्तरपुस्तिका फेरबदल गरेको सत्यतथ्य बाहिर नआएसम्म चरणबद्ध आन्दोलन जारी रहने क्याम्पस कमिटी संयोजक सञ्जीव लिम्बूले बताए। 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments