Incident Reports

घोराही–होलेरी शहीद मार्ग डेढ वर्षमै भत्किएपछि स्थानीय आन्दोलित

2021-02-28

काठमाडौं । घोराही–होलेरी शहीद मार्ग कालोपत्रे गरेको छोटो समयमै भत्किएको छ । दाङको घोराहीदेखि रोल्पाको होलेरीसम्मको २९ किलोमिटर सडक पिच भएको छोटो समयमै भत्किएपछि स्थानीयले स्तरोन्नतीको माग गर्दै प्रदर्शन गरेका छन् । 

०७४–७५ मा संघीय सरकारले छुट्याएको ४७ करोड लागतमा सो सडक पिच गरिएको थियो । सहिद मार्ग डेढ वर्ष नपुग्दै भत्किएको छ । रोल्पाको होलेरीमा आईतबार स्थानीयले सडक स्तरोन्नतीको माग राखेर दवाव मुलक कार्यक्रम गरेका छन् । 

लुम्बिनी प्रदेश अन्तर्गत रोल्पाको लाइफ लाइन मानिने शहीद मार्ग असुरक्षित तथा जोखिमपुर्ण बनेपछि शहीद मार्ग सुधार संघर्ष समिति गठन गरिएको छ । फागुन ५ मा रोल्पाको होलेरीमा बसेको भेलाले संघर्ष समिति गठन गरिएको समितिका सल्लाकार केशवराज चन्दले बताएका छन् । सडक स्तरोन्नती नगरेसम्म संघर्ष जारी राख्ने समितिको तयारी छ । 

सो सडक खण्डबाट सोनापुर सिमेन्ट र सम्राट सिमेन्ट कारखाना दाङका ट्रिपर दैनिक गुड्छन् । भारबहन भन्दा बढी क्षमताका ट्रिपर हिँड्दा सडक चाँडो जीर्ण भएको स्थानीयको गुनासो छ । चुनढुङ्गा ओसार्न रोल्पाको होलेरी, डुब्रिङ हुँदै दाङको छिल्लीकोट भएर दुध्रास निस्कने औद्योगिक मार्ग निर्माण शुरु भएको छ । तर, सो सडक पुरा हुन सकेको छैन् । 

पहिलो चरणमा ध्यानाकर्षण कार्यक्रम गरेको समितिले दोस्रो चरणमा प्रदर्शनको कार्यक्रम गरेको समितिका सदस्य रविन्द्र पुनले बताए । सोमबार आयोजित प्रदर्शनपछि बोल्दै संघर्ष समितिको सल्लाहकार देवेन्द्र बोहोराले समितिको माग पुरा नभए थप दवावका कार्यक्रम ल्याउने चेतावनी दिएका छन् । 


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments