Incident Reports

बलात्कार र गर्भपतन तथा कसुर संरक्षणको उजुरी दर्ता

2020-03-01

Madhes, Saptari, Rupani, Ward 2

१३ वर्षीया बालिकालाई बलात्कार गरेको तथा गर्भपतन गरी कसुर संरक्षण गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सप्तरीले रुपनी गाउँपालिका–२ का २५ वर्षीय वीरेन्द्रप्रसाद साह, साहका ३८ वर्षीय दाजु गजेन्द्रप्रसाद साह र वीरेन्द्रका ससुरा भारत बिहार राज्य सुपौल जिल्ला सोनापुर ग्रामपोष्टका हेमनारायण साह (हलुवाई) विरुद्ध फागुन १७ गते उजुरी दर्ता गरेको छ ।

पीडितलाई आरोपित वीरेन्द्रले विभिन्न प्रलोभन तथा डरत्रास देखाई बलात्कार गरेर गर्भवती बनाएको र अन्य आरोपितहरूले आठ महिनाको गर्भपतन गराएको भन्दै पीडितका हजुरबुबाले जिल्ला प्रहरी कार्यालयमा फागुन १३ गते उजुरी दिएका थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फागुन १३ गते गरिएको छ ।

आरोपित वीरेन्द्र रुपनी गाउँपालिका–२ स्थित बलदेव साह मेमोरियल बोर्डिङ स्कुलका सहायक प्रधानाध्यापक र दाजु गजेन्द्र प्रधानाध्यापकका रूपमा कार्यरत छन् ।

वीरेन्द्रले परीक्षामा अनुत्तिर्ण गर्ने धम्की दिई कक्षा कोठामा पटकपटक र पछिल्लो पटक २०७६ चैत २७ गते बलात्कार गरी गर्भवती बनाएको र भारतको दरभङ्गा लगेर आरोपितहरूले आठ महिनाको गर्भपतन गराएको पीडितले बताइन् ।

आरोपितहरु फरार रहेकाले खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी भुवनेश्वरप्रसाद साहले जानकारी दिनुभयो ।

मनोहरकुमार पोखरेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments