Incident Reports

काठमाडौंको बल्खुमा सन्तोषी श्रेष्ठको हत्या

2021-03-15

Bagmati, Kathmandu, Kathmandu, Ward 14

काठमाडौंको बल्खुस्थित सुकुम्बासी बस्तीमा सन्तोषी श्रेष्ठ सापकोटाको हत्या भएको छ । सोमबार साँझ बल्खु पुल नजिकैको बस्तीमा हत्या गरेर बोरामा पोको पारेको अवस्थामा सन्तोषीको शव प्रहरीले बरामद गरेको हो । जोरपाटी माइती भएकी ३३ वर्षीय सन्तोषी परिवारसँग बल्खुमा बस्दै आएकी थिइन् ।

उनी बस्ने घरको पछाडि पेटीबाट शव बरामद गरिएको छ । ह्यामरले हिर्काएर उनको हत्या गरिएको महानगरीय प्रहरी वृत्त कालिमाटीका एक प्रहरी अधिकृतले रातोपाटीलाई बताए । पति सन्तोष सापकोटासँग उनको पछिल्लो समय विवाद बढेको थियो । छिमेकीका अनुसार श्रीमानसँग उनले डिभोर्स मागेकी थिइन् ।

सन्तोषीका श्रीमान सन्तोष फरार छन् । सन्तोषका दम्पती, बुवा र कान्छो भाइ बल्खुमा बस्दै आएका छन् । उनीहरुले त्यहाँ काठ कारखाना पनि चलाएका छन् । बुवा भक्तपुरमा फर्निचर पुर्याउन गएको बेला दम्पतीबीच झगडा हुँदा सन्तोषले उनको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments