Incident Reports

मादक पदार्थ खाएर श्रीमतीमाथि कुटपिट, उपचार क्रममा श्रीमतीको मृत्यु

2021-03-15

मादक पदार्थ सेवन गरी श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले दोधारा चाँदनी नगरपालिका–७ विजयटोलका ४५ वर्षिय मान सिंह दमाईलाई पक्राउ गरेको छ।

दमाईले चैत २ गते साँझ मादक पदार्थ सेवन गरी ४४ वर्षीय श्रीमती पान्सरीलाई उनले कुटपिट गरेका थिए। घाइते पान्सरीलाई उपचारार्थ महाकाली अस्पतालमा भर्ना गरिए पनि उपचार क्रममा उनको त्यही दिन राति ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक राजेश शाहीले बताए।

चिकित्सकले उपचारका क्रममा पान्सरीको मृत्यु भएको खबर गरेपश्चात मानसिंहलाई प्रहरीले नियन्त्रणमा लिएर अदालतबाट पाँच दिनको म्याद थप गरी अनुन्धान भइरहेको उनले बताए।मृतक पान्सरीको शव पोष्टमार्टमपश्चात उनका भाइले बुझेर लगेका प्रहरीले जनाएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments