Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2021-03-14

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पीडितका २३ वर्षीय दाजुलाई गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले चैत १ गते र त्यसअघि पनि पटक–पटक बलात्कार गरेको भन्दै सूचना पाएपछि इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी टोलीले आरोपितलाई चैत ४ गते राति घर नजिकैबाट गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय बेलचौताराका इन्स्पेक्टर जगदिश रेग्मीले बताउनुभयो ।

गाउँमा हल्लाखल्ला भएपछि घटनाबारे बुझ्न प्रहरी टोली गाउँमा गएको र सोही क्रममा आरोपितलाई गिरफ्तार गरिएको उहाँले जानकारी दिनुभयो ।

पीडित पक्षले आरोपितविरुद्ध चैत ५ गते इलाका प्रहरी कार्यालय बेलचौतारामा उजुरी दिएको र आरोपितलाई हिरासतमा राखेर घटनाको अनुसन्धान भइरहेको इन्स्पेक्टर रेग्मीले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण चैत ५ गते दमौली अस्पतालमा भयो ।

प्रकाशचन्द्र भट्टराई

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments