Incident Reports

बालाजु बाइपासका स्थानीय पुनः आन्दोलित

2021-03-20

Bagmati, Kathmandu, Kathmandu

काठमाडौं । बालाजु बाइपासका स्थानीय पुनः आन्दोलित भएका छन् । सडक विस्तारका क्रममा हटाइएका घर पुनःस्थापनाको माग गर्दै स्थानीयले पुनः आन्दोलन थालेका हुन् ।

गैरन्यायिक सडक विस्तार पीडित संघर्ष समिति बालाजुका संयोजक महेश्वर मानन्धरले राज्यले गैरन्यायीक तवरले सडक पिच गरेकाले त्यसविरुद्धमा पुनः आन्दोलित भएको बताए । उनले स्थानीयबासीलाई उठिबास लगाएर सडक पिच गरेकाले पुनःस्थापना गर्न माग गर्दै पुनः आन्दोलित भएको बताए । ‘‘राज्यले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेका बेलामा जबरजस्ती भुमि अतिक्रमण गरेको छ । ३९ परिवारलाई जसरी भए पनि राज्यले पुनःस्थापना गर्नै पर्छ,” उनले भने ।

स्थानीयले राज्यले पुनःस्थापना नगरेसम्म आन्दोलन जारी राख्ने बताएका छन् । आजदेखि पुनः 'हाम्रो घर फिर्ता गर', 'हाम्रो आन्दोलन जारी छ' भन्दै आन्दोलित भएको स्थानीयको भनाइ छ । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments