Incident Reports

आठ दिनसम्म बालिका बन्धक बनाएर जबरजस्ती करणी गर्ने दुई पक्राउ

2021-03-14

रुकुम (पूर्व) : रुकुम पूर्वमा दुई बालिकालाई अपहरण गरी बन्धकमा बनाएर जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन्। चैत १ गते १४ र १५ वर्षीया दुई बालिकालाई गाउँबाट अपहरण गरी जबरजस्ती करणी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।

चैत १ गते गाउँबाट अपहरण गरी चैत ८ गते सम्म कोठामा बन्धक बनाएर जबरजस्ती करणी गर्ने १४ र २३ वर्षीय युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक मानबहादुर बुढाथोकीले जानकारी दिए। मंगलबार जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरेर उक्त घटना सार्वजनिक गरेको हो।

दुई बालिकालाई गाउँबाट अपहरण गरी आठ दिन सम्म जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ। उनीहरू विरुद्ध अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणीमा मुद्दा दर्ता गरी घटनाको थप अनुसन्धान भइरहेको बुढाथोकीले जानकारी दिए।

बालिकाका आफन्तले सोमबार मात्र प्रहरीमा हराएको भनि जाहेरी दिएको आधारमा प्रहरीले खोजी गर्दा बन्धक बनाएर जबरजस्ती करणी भइरहेको अवस्थामा फेला पारेको जनाएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Secondary Form Abduction
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 2
Female Raped 2
Youth Raped 2
Total Abducted 2
Female Abducted 2
Youth Abducted 2
National/Online Media

0 Comments