Incident Reports

विद्यार्थी शुल्क वृद्धिको विरोधमा

2021-03-23

सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी शुल्क वृद्धिको विरोधमा उत्रिएका छन् । सात विद्यार्थी सङ्गठनले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरी विरोधमा उत्रिएका हुन् ।शुल्क वृद्धिका विरुद्ध प्रचारप्रसार गर्ने र प्लेकार्डसहित धर्ना दिने गर्ने कार्यक्रम तय गरिएका छन् ।

‘शुल्क वृद्धि फिर्ता नभएसम्म विरोधका कार्यक्रम जारी रहन्छन्’, अखिल क्रान्तिकारीका अध्यक्ष गणेशराज मिश्रले भने, ‘शुल्क वृद्धिविरुद्ध चैत १२ गतेसम्म विरोधका कार्यक्रम तय गरेका छौँ ।’

विद्यार्थीहरुले विश्वविद्यालयको केन्द्रीय क्याम्पसको लेखा शाखामा तालाबन्दी गर्नाका साथै विश्वविद्यालयका पदाधिकारीहरुलाई कार्यालय प्रवेशमा निषेध गरेका छन् । सवारी साधनको दुरुपयोग रोक्नका लागि जनाउँदै नियन्त्रणमा लिने कार्यसमेत जारी राखेका छन् ।

कोभिड-१९ का कारण अभिभावकको रोजगारी गुमेका कारण अधिकांश विद्यार्थीले विश्वविद्यालयको शुल्क तिर्न नसक्ने भएकाले यसका विरुद्ध विरोधमा उत्रिनु परेको विद्यार्थी सङ्गठनमा आबद्ध विद्यार्थीको भनाइ छ।

विरोध कार्यक्रमका बीचमा अध्यापनको कार्यलाई अवरोध भने विद्यार्थीले गरेका छैनन् । शुल्क वृद्धिको विरोधमा विद्यार्थीहरुले दुई साता अघिदेखि विरोधका कार्यक्रम गर्दै आएका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Government Relief
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Students
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments