Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित डाक्टर गिरफ्तार

2021-03-26

Madhes, Saptari, Rajbiraj

२५ वर्षीया महिलालाई उपचारको बहानामा यौन दुर्व्यवहार गरेको आरोपमा राजविराज नपा–४ स्थित छिन्नमस्ता अस्पतालमा कार्यरत डाक्टर राजन जैसवाललाई प्रहरीले चैत १३ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले अस्पतालकै क्याबिनमा चैत १३ गते यौन दुर्व्यवहार गरेको आरोपमा डाक्टर जैसवाललाई गिरफ्तार गरेर हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयका एसपी राजेन्द्रप्रसाद धमलाले बताउनु भयो ।

अस्पतालले समेत तत्कालै उनलाई निलम्बन गरेको अस्पताल प्रशासक राजेश झाले चैत १३ गते विज्ञप्ति जारी गरी जानकारी दिनु भएको छ ।

डाक्टर जैसवालले भने आफूले शिशु बालिकालाई आमाले स्तनपान गराउने तरिका सिकाउन खोजेको बताउनु भयो ।

पीडितले चैत १३ गते नै जिल्ला प्रहरी कार्यालयमा बलात्कार प्रयासको उजुरी दिनु भएको छ । एसपी धमलाले आरोपितलाई हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको बताउनु भयो ।

मनोहरकुमार पोखरेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments