Incident Reports

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा प्रहरी र विद्यार्थीबीच झडप

2021-03-26

Karnali, Surkhet, Birendranagar

१३ चैत, सुर्खेत ।

वीरेन्द्रनगरस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) मा विद्यार्थी र प्रहरीबीच झडप भएको छ । कानून संकायतर्फको प्रवेश परीक्षा उत्तीर्ण गरेका विद्यार्थीले विश्वविद्यालयको केन्द्रीय कार्यालय अगाडि गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी लाठीचार्ज गरेको हो ।

शुक्रबार बेलुका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहलाई प्रहरीले स्कर्टिङ गरेर विश्वविद्यालय गेटभित्र प्रवेश गराउने क्रममा विद्यार्थीहरुले नाराबाजी गरेपछि प्रहरीले विद्यार्थीमाथि लाठीचार्ज गरेको आन्दोलित विद्यार्थी अस्मिता बडुवालले बताइन् ।

त्यसक्रममा केही विद्यार्थी घाइते भएका छन् । विद्यार्थीको आन्दोलनप्रति समर्थन जनाउन धर्नास्थल पुगेका नेविसंघका पूर्वकेन्द्रीय सदस्य अनिबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको विद्यार्थी नेता रोशन बस्नेतले बताए ।प्रहरीले शाहीसँगै आन्दोलनरत अर्की विद्यार्थी शुभेक्षा बिसीलाई समेत नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले आफूलाई घटनाबारे जानकारी आइनसकेको बताए । ‘उक्त घटनाबारे मलाई अझै आधिकारिक रिपोर्टिङ भएको छैन्, म बुझेर मात्रै बताउन सक्छु’ उनले भने ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Violence against civilians
Secondary Form Excessive Use of Force
Weapons Blunt weapon
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Freedom of Assembly
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 45
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Injured 3
National/Online Media

0 Comments