Incident Reports

मध्यपश्चिमाञ्चल विश्वविद्यालय : प्रवेश परीक्षा विवादमा तालाबन्दी

2021-03-26

Karnali, Surkhet, Birendranagar

सुर्खेत ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालय ‘स्कूल अफ ल’ मा प्रवेश परीक्षा उत्तीर्ण गरेका विद्यार्थीले भर्ना लिन माग गर्दै तालाबन्दी गरेका छन् ।गत फागुनमा नयाँ भर्नाका लागि लिएको प्रवेश परीक्षामा उत्तीर्ण ४५ जना विद्यार्थीले शुक्रबार तालाबन्दी गरेका हुन् ।

ल क्याम्पसमा तालाबन्दी कार्यक्रमको नेतृत्व गरेका सूर्यबहादुर शाही, पवित्रा भियाल, निशा पचभैया र कमल शाहीले प्रवेश परीक्षामा उत्तीर्ण परीक्षार्थीलाई तत्काल भर्ना लिएर पठनपाठन सुचारु गर्न माग गरेका छन् ।विश्वविद्यालयले विद्यार्थीका मागलाई सम्बोधन नगरे तालाबन्दीलाई निरन्तरता दिने उनीहरुको चेतावनी छ । प्रवेश परीक्षा उत्तीर्ण भएका विद्यार्थीले फागुन २३ गतेदेखि २६ गतेसम्म भर्ना भइसक्नुपर्ने थियो ।

विश्वविद्यालयले गत फागुन १७, १८ र १९ गते पाँच वर्षे एलएलबीको नयाँ शैक्षिक सत्रका लागि प्रवेश परीक्षा लिएको थियो । प्रवेश परीक्षामा सहभागी १९० जनामध्ये ४५ जनामात्र उत्तीर्ण भए ।अनुत्तीर्ण विद्यार्थीले प्रवेश परीक्षामा धाँधली तथा अनियमितता भएको आरोप लगाउँदै पुनः परीक्षाको माग राखेपछि नयाँ भर्ना कार्यक्रम स्थगित भएको थियो ।

प्रवेश परीक्षामा प्रश्नपत्र चुहावट हुुनका साथै नातावादका आधारमा परीक्षाफल प्रकाशित गरिएको अनुत्तीर्ण परीक्षार्थीको आरोप छ ।मध्यपश्चिमाञ्चल विश्वविद्यालय ‘स्कूल अफ ल’को प्रवेश परीक्षा नतिजा विवाद विरुद्धको संघर्ष समिति बनाएर छानविन थालेको छ । विश्वविद्यालय प्रशासनले छानविन समितिको प्रतिवेदनका आधारमा प्रश्नपत्र आउट गर्ने काममा संलग्न भएका उपप्राध्यापकहरुलाई कारवाही गरी पुनः प्रवेश परीक्षा लिने निर्णय गरेको छ ।    


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 45
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments