Incident Reports

माधव नेपालको समर्थनमा युवाहरुद्वारा प्रदर्शन

2021-03-30

Madhes, Rautahat, Gaur

नेपाल कम्युनिस्ट पार्टी एमालेका वर्गीय संगठन युवा संघ नेपाल जिल्ला कार्य समिति रौतहटले पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा मंगलवार सदरमुकाम गौरमा प्रदर्शन गरेको छ ।

नेकपा पार्टीका अध्यक्ष ओलीले पार्टीका नेता तथा पुर्वप्रधानमन्त्री माधव कुमार नेपाल तथा नेता भिम रावललाइ गरेको कार्यवाहीको विरुद्ध युवा संघका कार्यकर्ताहरुले प्रदर्शन गरेको हो । पार्टीका नीति लागु गर , लिएको निर्णय फिर्ता गर , प्रधानमन्त्री पदबाट राजिनामना दे जस्ता नारा लगाउदै युवाहरुले नगर परिक्रमा गर्दै मधेशी क्रान्ति चौकमा कोण सभामा परिणत भएका थिए । कोणसभामा सम्वोधन गर्दै युवा संघ नेपालका केन्द्रिय सदस्य प्रदीप यादवले तानाशाही प्रवृतिका प्रधानमन्त्री ओलीलाइ सत्ताबाट हटाउन युवा संघ नेपाल प्रण लिएर अघि बढेको बताउदै राजिनामा नदिए सम्म संघर्ष जारी राख्ने चेतावनी दिए । एकलौटी रुपमा पार्टीलाइ लागिरहेको ओलीको तानाशाही लोकतन्त्र र पार्टीका विधान विपरित भएको आरोप लगाए । यादवले ओलीको हठीका कारण पार्टीको क्षति बेहोर्नु परिरहेको टिप्पणी गरे । सभामा युवाहरुको अभियान सफल हुने विश्वास व्यक्त गरेका छन् ।

जनकपुर टुडे मेडिया ग्रुप प्रालिद्वारा प्रकाशित जनकपुर टुडे राष्ट्रिय दैनिक पत्रिका मधेशको पहिलो 'क' वर्गको पत्रिका हो । हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth na
National/Online Media

0 Comments