2021-03-31
Province 1, Jhapa, Damak
झापा, २०७७ चैत १८ गते दमक नगरपालिका-६ नयाँ सब्जीमण्डीस्थित घरबाट मानव बेचबिखन मुद्दामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मोरङ पथरीशनिश्चरे नगरपालिका-३ बस्ने ३८ वर्षीया उर्मिला नेम्बाङ र ईलाम चुलचुली गाउँपालिका-४ बस्ने ३८ वर्षीया बन्ठि भन्ने नन्दिता साँवा लिम्बु रहेका छन् । उक्त घर भाडामा लिई २ जना महिलाहरुले दमक बजारमा कामको खोजीमा आउने युवतीहरुलाई सोही घरमा राखी बेश्याबृति गराईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले चैत ६ गते उक्त घर तलासी गर्दा १७ देखि ३९ वर्ष उमेरका ८ जना महिला तथा युवतीहरु फेला पारेको थियो । प्रारम्भिक अनुसन्धानको क्रममा उर्मिला र साँवाले उनीहरुलाई बेश्याबृतिमा लगाएको खुलेपछि तत्कालै उक्त घरमा रहेकी उर्मिलालाई पक्राउ गरी ८ जना पीडित महिला तथा युवतीहरु समेतलाई उद्धार गरेको थियो । साथै तत्काल फरार रहेकी साँवालाई आइतबार प्रहरीले पक्राउ गरेको हो । उनीहरु उपर मानव बेचबिखन मुद्धामा जिल्ला अदालत झापाबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
COCAP BIWEEKLY: INCIDENTS SURROUNDING COVID-19 MARCH 1 - 15, 2021
March 25, 2021
GBV / Governance / Covid-19