Incident Reports

विवाहको नाटक, टीकोटालो अनि बलात्कार

2021-02-20

Madhes, Parsa, Sakhuwa Prasauni, Ward 5

पर्सा सखुवाप्रसौनी गाउँपालिका–५ बलुवाटोलका १८ वर्षीय रोशनकुमार यादवले १६ वर्षकी बालिकालाई बिहे गर्छु भन्ने प्रलोभन दिई फागुन ८ गते राति बालिकाकै घरमा जबरजस्ती करणी गरेका थिए । त्यसपछि फागुन १३ गते रोशनले बालिकालाई ललाईफकाई घरबाट लिएर भारतको गोरखपुर लगी डेरामा राखेका थिए । डेरामा पनि रोशनले बालिकासँग पटकपटक जबरजस्ती करणी गरेका थिए । बालिका घरबाट बेपत्ता .भएपछि बालिकाका अभिभावकले खोजतलास गर्न थालेपछि त्यो थाहा पाएर रोशनले पीडित बालिकालाई गोरखपुरबाट घर पठाइदिएका थिए ।

बालिका घरमा आएपछि आफूसँग भएको दुष्कर्मका बारेमा अभिभावकलाई बताएपछि पीडितबालिकाका बुबाले रोशनविरुद्ध प्रहरी कार्यालयमा उजुरी दिएका थिए । त्यही उजुरीका आधारमा प्रहरीले आरोपित रोशनलाई उनकै घरबाट पक्राउ गरेको हो । रोशनविरुद्ध जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी पर्सा जिल्ला अदालतको आदेशले ७ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिनुभयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments