Incident Reports

यौन दुर्व्यवहार आरोपित गिरफ्तार

2021-04-07

Bagmati, Sindhupalchok, Barhabise, Ward 4

२२ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा धनुषा जिल्ला सबैला नगरपालिका–१ स्थायी घरभई बाह्रविसे नगरपालिका–४ मा घडी पसल गरी अस्थायी बसोवास गर्दै आएका ४५ वर्षीय चन्द्रेश्वर महतोलाई प्रहरीले ०७८ वैशाख ५ गते बाह्रविसे बजारबाट गिरफ्तार गरेको छ ।

आरोपितले ०७७ चैत २३ गते दिउँसो पीडितकै घरको पसल भित्र लगि यौन दुर्व्यवहार गरेको पीडितको आरोप छ । पीडितले चैत २४ गते इलाका प्रहरी कार्यालय बाह्रविसेमा उजुरी दिएकी थिइन् ।

पीडितको चैत २४ गते प्राथमिक स्वास्थ्य केन्द्र बाह्रविसेमा स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामचन्द्र घिमिरेले बताउनु भयो ।

घटनापछि फरार भएका आरोपित नौ दिनपछि बाह्रविसे आएको सूचना पाएपछि प्रहरीले गिरफ्तार गरेको थियो ।

नातिबावु धिताल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Severely damaged Buildings 00
Severely damaged Vehicles 00
INSEC

0 Comments