Incident Reports

बोक्सीको आरोपमा निर्घात कुटपिट

2021-04-19

Madhes, Mahottari, Manra Siswa, Ward 5

६ बैशाख २०७८, सोमबार

जलेश्वर । बोक्सीको आरोपमा मुस्लिम समुदायकी एक महिलामाथि निर्घात कुटपिट भएको छ ।महोत्तरीको मनरासिस्वा नगरपालिका–५ कटैयाका मोजिबुल रहमानकी ५० वर्षीया पत्नी गुल्शन खातुन बोक्सीको आरोपमा निर्घात कुटएकी हुन् । उनलाई स्थानीय जैनुद्दिन अंसारी, कलामुद्दिन अंसारी, एजाज अंसारी, रुमी अंसारी, सरफुद्दिन अंसारी र मोजिबुल अंसारीले बोक्सी भन्दै आज कुटपिट गरेका छन् ।

कुटपिटबाट गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल जलेश्वरमा उपचार भइरहेको बताइएको छ । कुटपिटबाट उनको टाउको, अनुहार सुन्निएको छ भने जीउभरी निलडाम देखिएको छ । आज बिहान पीडितका कान्छो छोरा गुलाम अंसारी टोलमा खेलिरहेको बेला उनीहरुले निहुँ बनाएर पहिला उनलाई कुटपिट गरेको थियो । पछि जेठा छोरा मुस्तुफा अंसारी र त्यसपछि आमा (पीडित) लाई सबैले मिलेर मरनासन्न गरी कुटपिट गरेका छन् ।

आमासँगै अहिले दुवै छोरा पनि जिल्ला अस्पताल जलेश्वरमा उपचार गराइरहेको छ भने आमाको अवस्था गम्भीर रहेको छ । कुटपिट गर्नेहरुकोे खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (large group)
Weapons None
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Mob (only Perpetrator)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 3
Female Injured 1
Youth Injured 2
National/Online Media

0 Comments