Incident Reports

सासूमाथि बोक्सी आरोपमा निर्घात कुटपिट, तर मुद्दा चल्यो स्थानीयमाथि!

2021-04-11

Madhes, Mahottari, Manra Siswa, Ward 7

महोत्तरी : मनरा सिस्वा नगरपालिका–७ सरपलो धोवी टोल बस्ने ७५ वर्षीय सोनावती देवीलाई चैत २९ आफ्नै बुहारी गिना बैठाले कुटपिट गरिन्। तर यो घटना बल्ल मात्र सार्वजनिक भएको छ। केही दिनअघि मात्रै स्थानीयले सोनावतीलाई कुटपिट गरेका भनी उनका छोरा र बुहारीले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा मुद्दा दर्ता गरे।

चैत २९ गते गिनाले सासू सोनावती देवीलाई कुटपिट गरिरहेको देखेर स्थानीय विवाद सुल्झाउन पुगेका थिए। तर उल्टै गिनाका श्रीमान उपेन्द्रले आफ्नी आमालाई बोक्सी आरोपमा स्थानीयले कुटेका भन्दै प्रहरीमा जाहेरी दिएका थिए।

यो भिडियो कसैले खिचेका थिए। विस्तारै सामाजिक सञ्जालमा फैलियो पनि उक्त फुटेजअनुसार गिनाले नै सासूलाई सडकमै लछारपछार गर्दै कुटपिट गरिरहेको प्रस्ट देखिन्छ। गिनासँगै उनका श्रीमान उपेन्द्रसमेत होहल्ला गरिरहेका उक्त भिडियोमा देखिन्छ। तर, विवाद सुल्झाउन पुगेका रामसुलिन्दर बैठा, जिवु भन्ने जिबोदेवी, रामजिनिस बैठा र कुन्ती देवीमाथि उपेन्द्रले मुद्दा दर्ता गराए।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
National/Online Media

0 Comments