Incident Reports

धनकुटा नगर क्षेत्रका विद्यालय नौ दिन बन्द गरिने

2021-04-21

Province 1, Dhankuta, Dhankuta

विद्यार्थीमा कोरोना भइरसको संक्रमण देखिएकाले धनकुटा नगर क्षेत्रका विद्यालय नौ दिन बन्द गरिने भएको छ । धनकुटा नगरपालिका संकट व्यवस्थापन समितिको वुधवार बसेको बैठकले बैशाख ९ गतेदेखि १७ गतेसम्म नगर क्षेत्रभित्रका विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

धनकुटा नगरपालिका–६ स्थित धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा अध्ययनरत २० बर्षीय छात्रमा वुधवार कोरोना संक्रमण पुष्टि भएको छ । केही दिनअघिदेखि ज्वरोले सताएपछि उनी मंगलवार जिल्ला अस्पताल भर्ना भएका थिए ।पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजिटिभ आएको जिल्ला अस्पतालका सूचना अधिकारी राजनप्रसाद पोख्रेलले जानकारी दिए ।

उनमा ज्वरोसहित निमोनियाको समस्या पनि देखिएको छ । यता, उनी अध्ययनरत कलेजका एक दर्जन भन्दा बढी विद्यार्थीमा पनि ज्वरो आउँने, रुघाखोकी लाग्ने जस्ता कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको छ । यसरी एक विद्यार्थीमा लक्षणसहितको संक्रमण देखिनु र अन्य विद्यार्थीमा पनि उस्तै लक्षण देखिएपछि सतर्कता अपनाउँन नगरपालिका क्षेत्रभित्रका विद्यालय बन्द गर्न लागिएको हो ।

सीसीएमसीको निर्णय सार्वजनिक गर्दै धनकुटा नगरपालिकाकातर्फबाट प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले जारी गरेको सूचनामा भौतिक उपस्थितीमा हुने पठनपाठन बन्द गरी भर्चुवल वा वैकल्पिक सिकाई विधि प्रयोग गर्न विद्यालयहरुलाई भनिएको छ । यता, परीक्षा सञ्चालन भइरहेको भए स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गरेर मात्र परीक्षा लिन आग्रह गरिएको छ ।

यसैबीच संक्रमण देखिएको धनकुटा इन्स्टिच्यूट अफ हेल्थ साइन्सले यसअघि वुधवार बिहान नै सूचना जारी गरेर अर्को सूचना जारी नभएसम्मका लागि कलेज बन्द भएको जनाएको छ ।

कलेज बन्द गरेर लक्षण देखिएका विद्यार्थीहरुलाई पीसीआर परीक्षण गराउन भनिएको कलेजका प्रशासन प्रमुख खगेन्द्रप्रसाद घिमिरेले जानकारी दिए ।केही दिन अघि पनि धनकुटा–१० का एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित अहिले होम आइसोलेशनमा छन् ।पहिलो चरणको कोरोना संक्रमण दर शून्यमा झरेको धनकुटामा केही दिनयता पुनः संक्रमण देखिन थालेको हो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 7 days
Primary Form Curfew/prohibitory order issues by the state
Primary Cause Other governance issues
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Morang

0 Comments