Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2021-04-13

Province 1, Taplejung, Yangwarak, Ward 3

१४ वर्षीया बालिकालाई बालविवाह गरेर बलात्कार गरेको आरोपमा प्रहरीले पाथीभरा याङ्वरक गाउँपालिका–३ तिरिङेका २८ वर्षीय खेमबहादुर लिम्बुलाई वैशाख ८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले २०७७ चैत ३१ गते ललाईफकाई विवाह गरेर बलात्कार गरेको भनी पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालयमा वैशाख ७ गते उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर मोहन पोखरेलले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा वैशाख ७ गते गरिएको जिल्ला अस्पतालका प्रमूख डा.सोनिङ लामाले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।

देवराज गुरुङ

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments