Incident Reports

बर्दियामा आजदेखि निषेधाज्ञा

2021-04-27

कोरोना संक्रमण बढ्दै गएपछि बर्दियामा आजबाट एक साता निषेधाज्ञा लागु हुँदै छ । निषेधाज्ञा मध्यरातिदेखि लागु हुने छ ।जिल्ला प्रशासन कार्यालय बर्दियाका अनुसार सोमबार राति १२ बजेदेखि वैशाख २० गते राति १२ बजेसम्म निषेधाज्ञा लागु हुने छ ।
निषेधाज्ञा अवधिभर एम्बुलेन्स, दमकल, शववाहन, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका गाडीमात्र सन्चालन गर्न दिने निर्णय प्रशासनले गरेको छ ।

यसैगरी स्वास्थ्य, विद्युत, दूरसञ्चार, खानेपानी, पेट्रोलियम पदार्थ, फोहोरमैला व्यवस्थापन, ग्यास, तरकारी, खाद्य पदार्थ, बैंकका एटिएम, औषधि पसल र हवाई सेवा पनि खुल्ला हुने छन् ।

Update

बर्दियामा थप १२ दिन निषेधाज्ञा

बर्दिया — कोभिड–१९ को संक्रमण नियन्त्रण, रोकथाम र उपचारका लागि स्थानीय प्रशासनले थप १२ दिन निषेधाज्ञा जारी गरेको छ । यसअघि आंशिक रुपमा वैशाख १३ गते १९ गतेसम्म निषधाज्ञा आदेश जारी गरेको थियो ।
निषेधाज्ञा खुकुलो भएको भन्दै चौतर्फी आलोचना भएको थियो । मानिस खुलेआम भीडभाड हुने ठाउमा घुमफिर गर्ने,बजारका पसल खुला भएको, सार्वजनिक र निजी सवारी साधन निर्वाध सञ्चालनमा आएको थियो । निषेधाज्ञा पालना नहुँदा एक सातामा करिब तीन सय कोरोना संक्रमित थपिएपछि शुक्रबार बेलुकी प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारको अध्यक्षतामा बसेको सुरक्षा समिति गायत सर्वपक्षीय बैठकले उक्त निर्णय गरेको हो ।
अत्यावश्यक सेवा र विकास निर्माणबाहेक सबै यातायातका सवारी साधन बन्द रहने भएको छ । अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सर्वसाधरणमा अपिल गरिएको छ । अनावश्यक रुपमा घर बाहिर बाहिर निस्कनेमाथि कारबाही गरिने प्रजिअ सुनारले बताए । आवश्यक काम परे अनिवार्य मास्कको प्रयोग गर्नुपर्नेछ ।

विवाह, व्रतबन्ध, पूजा, दाहसंस्कारका काममा बढीमा १० जना सहभागी हुन पाउनेछन् । विवाहमा २ वटा सानो गाडी वा ठूलो गाडीमा दस जना बढी नराख्ने गरी प्रयोग गर्ने निर्णय गरिएको छ ।



Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 7 days
Primary Form Curfew/prohibitory order issues by the state
Primary Cause Other governance issues
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments