Incident Reports

जानकी मेडिकलका कर्मचारी ९८ दिनदेखि रिलेअनशनमा, प्रशासन शाखा लगायतमा गरे तालाबन्दी

2021-04-25

Madhes, Dhanusha, Janakpur

धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारीले अस्पतालको प्रशासन तथा लेखा शाखामा तालाबन्दी गरेका छन् ।विगतमा भएको सहमति सम्झौता कार्यान्वय गर्न ९८ दिनदेखि रिलेअनशनमा बसेका कर्मचारीले आइतबार केन्द्रीय प्रशासन कार्यालय, लेखा शाखा र मानव संशाधन शाखामा तालाबन्दी गरेका हुन् ।

कर्मचारीहरु माघ ५ गतेदेखि रिले अनशनमा बसेका छन् । कलेजमा कार्यरत १२५ कर्मचारीमध्ये १०० जना कर्मचारी आन्दोलनमै रहेको कर्मचारी हकहित संरक्षण संघर्ष समितिका संयोजक उमेश यादवले बताए ।उनका अनुसार रिले अनशन सुरु गरिएको दिनदेखि नै प्रत्येक दिन दुईजनाको टिम बनाएर अनशन जारी राखिएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments