Incident Reports

सुर्खेतमा एक साता निषेधाज्ञा

2021-04-27

कोरोना भाइरस ‐कोभिड–१९) को संक्रमण बढ्दै गएपछि आज (मंगलवार) मध्यरातिदेखि सुुर्खेतमा एक साता निषेधाज्ञा लागू गरिने भएको छ । सोमवार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले आज राति १२ बजेदेखि जिल्लाभर लागूहुने गरी निषेधाज्ञा गर्ने निर्णय गरेको हो । छिमेकी जिल्ला बाँके र बर्दियामा समेत संक्रमण उच्च देखिएकाले जोखिमको ख्याल गर्दै नियन्त्रण, रोकथाम र उपचारका लागि निषेधाज्ञा गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

जनस्वास्थ्यका मापदण्डको पालना गरी दैनिक उपभोग्य वस्तु खाद्य, तरकारी, दुग्ध र ग्यास पसल भने बिहान ६ देखि नौ बजेसम्म सञ्चालन गर्न पाइने छ ।

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले संक्रमणको जोखिम बढेकाले निषेधाज्ञा गर्नुपरेको बताए । उनकाअनुसार यो अवधिमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहने छन् । बैंक, वित्तीय संस्था, सवारी साधन, पसल व्यवसाय सञ्चालन र आवश्यक काम बाहेकको हिँड्डूलमा रोक लगाइएको हो । निषेधाज्ञाको समयमा स्वास्थ्य, सुरक्षा, विद्युत, सूचना तथा सञ्चार, खानेपानी, फोहोरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औषधि पसल, बैंकको एटीएम सेवा लगायतका अत्यावश्यक सेवा सञ्चालन हुुने छन् । प्रजिअ रिजालका अनुसार भौतिक दूरीलगायत जनस्वास्थ्यका मापदण्डको पालना गरी दैनिक उपभोग्य वस्तु तरकारी, खाद्य, दुध र ग्यास पसल भने बिहान ६ देखि नौ बजेसम्म मात्र सञ्चालन गर्न पाइने छ । अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन प्रशासनले सर्वसाधारणमा अपिल गरेको छ । निषेधाज्ञा अवधिभर सबै सरकारी कार्यालय बन्द हुनेछन् ।

यस्तै, निषेधाज्ञामा विकास निर्माणका कामहरू भने नरोकिने प्रशासनले जनाएको छ । सार्वजनिक निर्माण कार्यसँगै हवाई सेवा पनि सञ्चालन हुने बताइएको छ । एम्बुलेन्स, शववाहन, दमकल, झण्डावाला सरकारी गाडी, निलो प्लेटका सवारी साधनहरू, अत्यावश्यकीय सेवा सञ्चालन र त्यसमा खटिने जनशक्तिले प्रयोग गर्ने सवारी साधन सञ्चालन गर्न पाइने छ । त्यस्ता व्यक्तिहरूले परिचय–पत्र भने अनिवार्य बोक्नुुपर्ने छ । सुर्खेतमा पछिल्लो समय कोरोना संक्रमणको दर बढ्दो छ । जनस्वास्थ्य सेवा कार्यालयका अनुसार जिल्लामा झण्डै चार सय जना कोरोनाका सक्रिय संक्रमित छन् ।


Update

सुर्खेतमा थप एक साता निषेधाज्ञा

सुर्खेतमा वैशाख १४ गतेबाट जारी निषेधाज्ञा एक हप्ताका लागि थपिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले सुर्खेतमा कोरोना संक्रमितको संख्या बढेकाले सात दिन निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

कोरोना संक्रमण दर सात दिनमा मात्रै कम हुने सम्भावना नदेखिएकोले वैशाख २७ गतेसम्म निषेधाज्ञा थप गर्ने केन्द्रले निर्णय गरिसकेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।

उनले भने ,‘ अनुगमनका कडाइ गर्ने र निषेधाज्ञाको उलङ्घन गर्नेलाई संक्रामक रोग ऐन अन्तरगत कारबाही गरिने छ ।’ 

कोरोनाको संक्रमण दर भयावह बन्ने अवस्था बन्दै गएकोले कोरोना संक्रमणबाट बच्न स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न र निषेधाज्ञामा घरमै बसेर कोरोना संक्रमण हुनबाट जोगिन प्रजिअ रिजालले आग्रह गरेका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 7 days
Primary Form Curfew/prohibitory order issues by the state
Primary Cause Other governance issues
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
National/Online Media

0 Comments