Incident Reports

बैतडीमा संक्रमितको शवलाई अवरोध, सेनाले मध्यरातमा व्यवस्थापन गर्‍यो

2021-04-28

Sudurpashchim, Baitadi, Dasharathchanda, Ward 9

बैतडी :

कोरोना संक्रमणबाट मृत्यु भएका बैतडीका एक युवकको शव डडेल्धुराबाट बैतडी ल्याएर व्यवस्थापन गरिएको छ।​बैतडीस्थित दशरथचन्द नगरपालिका-९, ग्वाल्लेकका ३३ वर्षीय युवकको डडेल्धुरा अस्पतालमा उपचार क्रममै मृत्यु भएको थियो। ती युवकको शव बुधबार दिउँसो बैतडीमा ल्याइएको थियो।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले दशरथचन्द नगरपालिका-८, मौराबगरमा शव व्यवस्थापन गर्ने निर्णय लिएको थियो। सो ठाउँमा शव व्यवस्थापन गर्न स्थानीयले अवरोध गरेपछि वडा नं ८ कै डड्यौलीमा बुधबार राती शव व्यवस्थापन गरिएको हनुमानध्वज गुल्मका निमित्त गुल्मपति गिरिजा भट्टले बताए।स्थानीयहरूको अवरोधका कारण शव व्यवस्थापनमा ढिलाइ भएको थियो। बैतडीमा रहेको नेपाली सेनाको हनुमानध्वज गुल्मबाट खटिएको टोलीले बुधबार राति संक्रमितको शव व्यवस्थापन गरेको हो।

कोरोनाबाट मृत्यु भएकाहरूको शव व्यवस्थापनका लागि बनाएको कार्यविधि अनुसार नै मृतकको शव व्यवस्थापन गरिएको सेनाले जनाएको छ। भारतबाट फर्किएका ती युवकको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि डडेल्धुरा अस्पताल रेफर गरिएको थियो।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Program Interference/Obstruction
Primary Cause Other governance issues
Secondary Cause Prejudice and Discrimination
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments