Incident Reports

हेलम्बु गाउँपालिका क्षेत्रभित्र निषेधाज्ञा

2021-04-28

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ‘कन्ट्याक्ट ट्रेसिङ’मा परेका ४० जनाको स्वाब नमुना परीक्षण गर्दा १८ जनामा संक्रमण देखिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत निराजन मैनालीले जानकारी दिए ।

संक्रमण देखिएपछि बुधबार साँझबाट अर्को सूचना जारी नहुन्जेलसम्मका लागि गाउँपालिका क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको छ । अति आवश्यक अवस्थामा बाहेक आवत–जावत, सभा–सम्मेलन, भेला, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था, धार्मिक भेला तथा यातायातमा समेत रोक लगाइएको मैनालीले जानकारी दिए ।

गाउँपालिकाका कर्मचारी, बैंकका कर्मचारीलगायतमा संक्रमण पुष्टि भएको हो । कन्ट्याक्ट ट्रेसिङका परेकाको परीक्षण गरिने गाउँपालिकाले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Curfew/prohibitory order issues by the state
Primary Cause Other governance issues
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments