Incident Reports

सल्यानमा आइतबारदेखि निषेधाज्ञा

2021-05-02

जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र, सल्यानको जिल्ला प्रशासन कार्यालयमा बिहीबार बसेको बैठकले गरेको निर्णय अनुसार वैशाख १९ गते बिहान ६ बजेदेखि जेठ १ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा हुने छ ।

निषेधाज्ञाका क्रममा अत्यावश्यक बाहेकका सम्पूर्ण सार्वजनिक तथा निजी सवारी साधनमा पूर्णरुपमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईले बताइन् । उनले बिहान ६ बजेदेखि ९ बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म खाद्यान्न, तरकारी, फलफूल, दूग्धजन्य पसल संचालन गर्न पाउने जानकारी गराइन् ।

उनका अनुसार अत्यावश्यक बाहेक सरकारी तथा सार्वजनिक कार्यालयका अन्य सेवाहरु समेत बन्द गरिने छ । जिल्लाबाहिर तथा भारतबाट फर्केकालाई स्थानीय तहले १० दिनसम्म क्वारेन्टाइनमा राख्नु पर्नेछ । कोरोना संक्रमितको संख्या बढ्दै गएकाले उपचारका लागि जिल्ला अस्पताल सल्यानमा संचालित आइसोलेसनमा २० बेड थप गरिने उनको भनाइ छ ।

बाहिरबाट आएकालाई सिधै घरमा जान दिन भन्दा स्थानीय तहले क्वारेनटाइन र आइसोलेसन बनाएर राख्न उनले आग्रह गरेकी छिन् । कोरोना भाइरस संक्रमण फैलिएसँगै जिल्लाका विभिन्न स्थानीय तहले पनि कार्यालयबाट दिने सेवा बन्द गरेका छन् भने मुख्य बजारसमेत बन्द गरिसकेका छन् ।

जिल्लामा अहिलेसम्म १ सय ५९ मा कोरोना संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये तीन जनाको मृत्यु भइसकेको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 7 days
Primary Form Curfew/prohibitory order issues by the state
Primary Cause Other governance issues
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other state institutions
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments