Incident Reports

रुकुम पश्चिममा वैशाख १९ गतेदेखि निषेधाज्ञा

2021-05-02

१७ वैशाख, सुर्खेत । रुकुम पश्चिममा वैशाख १९ गते आइतबार विहान ६ बजेदेखि निषेधाज्ञा लागू हुने भएको छ ।

शुक्रबार बसेको कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले १९ गते बिहान ६ बजेदेखि ३१ गते राति १२ बजेसम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले जानकारी दिए ।

जिल्लामा संक्रमितको संख्या बढिरहेकाले निषेधाज्ञा अवधिभर अत्यावश्यकबाहेकका सेवाहरु पूर्णरुपमा बन्द गरिएको छ । जिल्लामा सरकारी कार्यालय र बैंक तथा वित्तीय संस्थाहरु पनि बन्द गरिने प्रजिअ गैरेले बताए ।

यो अवधिमा खानेपानी, दूध, तरकारी, इन्धन, औषधि, विद्युत आपूर्ति, टेलिफोन, फोहोरमैला व्यवस्थापन लगाएतका अतिआवश्यकीय सेवा मात्रै सञ्चालन हुनेछन ।

योसँगै कर्णालीमा निषेधाज्ञा जारी भएका जिल्लाको संख्या चार पुग्ने भएको छ । हाल सुर्खेतमा मात्रै निषेध आदेश लागू गरिएको छ । १८ गतेदेखि जाजरकोट, १९ गतेदेखि रुकुम पश्चिम र सल्यानमा निषेधाज्ञा लागू गरिने सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जनाएका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Curfew/prohibitory order issues by the state
Primary Cause Other governance issues
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth unknown
National/Online Media

0 Comments