Incident Reports

झापामा पनि निषेधाज्ञा,यातायातमा जोर–विजोर प्रणाली

2021-05-02

विराटनगर / जिल्ला प्रशासन कार्यालय झापाले निषेधाज्ञा जारी गरेको छ । आइतबार राति १२ बजेबाट लागू हुनेगरी निषेधाज्ञा जारी गरिएको हो ।प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाका अनुसार आइतबार रातिबाट लागू हुनेगरी अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय भएको जानकारी दिए । निषेधाज्ञा एक सातासम्म लागू हुनेछ ।

यातायातमा जोर–बिजोर प्रणाली लागू गरिएको छ । कोभिड–१२ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले एक साताका लागि जोर गते जोर नम्बर प्लेटका र बिजोर गते बिजोर नम्बर प्लेटका गाडीमात्र चल्न पाउने निर्णय गरेको हो ।एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, बैंक, वित्तीय संस्था, फोहोरमैला व्यवस्थापनलगायत अत्यावश्यक सेवामा चाहिँ जोर–बिजोर लागू हुने छैन ।

आइतबार बिहानबाट लागू हुनेगरी जिल्ला प्रशासन मोरङले विराटनगरसहित चारवटा स्थानीय तहमा निषेधाज्ञा जारी गरेको थियो ।मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार विराटनगर महानगरपालिका, बुढीगङ्गा गाउँपालिका, जहदा गाउँपालिका र कटहरी गाउँपालिकाको वडा नम्बर १,२,३ र ४ मा एक साताका लागि निषेधाज्ञा जारी भएको हो ।सङ्क्रमण दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रबार राति १२ बजेबाट लागू हुनेगरी निषेधाज्ञा जारी गरेको थियो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 7 days
Primary Form Curfew/prohibitory order issues by the state
Primary Cause Other governance issues
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments