Incident Reports

कालिकोटमा एक हप्ताका लागि निषेधाज्ञा जारी

2021-05-02

 (आज) देखि कालिकोटमा एक हप्तासम्म निषेधाज्ञा जारी गरिएको छ। विश्वभर फैलिरहेको नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिन थालेपछि यसको रोकथाम र नियन्त्रणका लागि निषेधाज्ञाको निर्णय गरिएको हो।

जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रको शनिबारको बैठकको सिफारिस अनुसार जिल्ला सुरक्षा समितिको आइतबारको बैठकले निषेधाज्ञाको निर्णय गरेको हो। निषेधाज्ञा बैशाख २६ गते राति १२ बजेसम्म लागू हुने छ। निषेधाज्ञाको पालना गर्न प्रशासनले सबैमा आग्रह गरेको छ।

आदेशमा भनिएको छ,‘कार्यालय संञ्चालन सम्बन्धमा अत्यावश्यक बाहेकका सबै सार्वजनिक सेवा हाललाई बन्द गर्ने र बैंक तथा वित्तिय संस्थाहरुले आफ्नो कार्यालय र कर्मचारीको अवस्था हेरी समय तोकी अत्यावश्यक सेवा संचालन गर्ने।’ सवारी साधन संचालन पूर्णरुपमा रोक लगाएको छ।

अत्यावश्यक सेवा खाद्य सामग्री पानी औषधि तथा स्वास्थ्यसँग सम्बन्धित सामान तथा सेवा एम्बुलेन्स दमकल दुध तथा दग्धजन्य पदार्थ फोहोर मैला ब्यवस्थापन बैंक तथा बित्तिय संस्था दुरसंचार इन्टरनेट आइसोलेसन र क्वारेन्टाइनका सवारी साधनहरु स्पष्ट खुल्ने कागजातका आधारमा संचालन गर्न सकिने आदेशमा उल्लेख छ।  

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Curfew/prohibitory order issues by the state
Primary Cause Other governance issues
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments