Incident Reports

बाजुरामा बालिकालाई पेट्रोल छर्केर आगो लगाएको आरोपमा दुई जना पक्राउ

2021-05-03

Sudurpashchim, Bajura, Tribeni, Ward 9

बाजुरामा बालिकालाई पेट्रोल छर्केर आगो लगाएको आरोपमा दुई जना पक्राउ परेका छन्।सोमबार त्रिवेणी नगरपालिका ९ मलालगाउँमा विवाहमा नाचगान गरिरहेको समयमा सोही ठाउँका १४ र १६ वर्षीया बालिकालाई पेट्रोल छर्केर आगो लगाएको आरोपमा सोही नगरपालिका-८ का १६ वर्षीय सुमन गिरी र शिखर थापालाई प्रहरीले पक्राउ गरेको हो।उनीहरूले ती बालिकालाई गोप्य ठाउँमा लगेर पेट्रोल छर्केर आगो लगाएर भागेका थिए।

१४ वर्षीय बालिका भागेर स्थानीयलाई खबर गरेपछि उनीहरूले आगो निभाएका थिए। घटनामा दुबै बालिका घाइते भएका छन्। प्रहरीका अनुसार १६ वर्षीय बालिकाको ढाड र कम्मर जलेको छ।पक्राउ परेकामाथि तेजाब प्रयोग गरी अंगभंग गर्न नहुने कसुरमा मुद्दा दर्ता गरेर कारबाही अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 2
Female Injured 2
Youth Injured 2
National/Online Media

0 Comments