Incident Reports

भारतबाट फर्कन लागेका सुदूरपश्चिमेली बसमै कुटिए, बस सञ्चालक फरार

2021-05-05

धनगढी : दोस्रो लहरको कोरोना भाइरसको तीव्र संक्रमण फैलिएसँगै भारतबाट नेपाली धमाधम स्वदेश फर्किन थालेका छन्। रोजगारी गुमेपछि नेपाली भारतबाट मातृभूमि फर्किन लागेका हुन्।

भारतबाट फर्किरहेका नेपालीका अनेकन् पीडा छन्। ट्राभल्स एजेन्सीले कयौं नेपालीबाट चर्को भाडा लिने र बेपर्वाह शैलीमा अन्धाधुन्ध बीच बाटोमै अलपत्र छाडिदिँदा नेपाली झनै समस्यामा छन्।

यस्तै आज (बुधबार) भारतबाट सुदूरपश्चिम आइरहेका यात्रुमाथि कुटपिट गरिएको छ। एकता ट्राभल्स समितिका सदस्यहरूले भारतबाट सुदूरपश्चिम फर्किरहेका नेपाली यात्रुमाथि कुटपिट गरेका हुन्।

कोरोना कहरकैबीच भारतको गुजरातदेखि सुदूरपश्चिमको सीमा नाका गौरीफन्टासम्म आइरहेका यात्रुहरूमाथि कुटपिट भएको बसमा सवार गोकुल बोहोराले बताए। बसमा सवार बोहरा कैलालीको भजनी नगरपालिकाका स्थायी बासिन्दा हुन्।

उनले भने, 'गाडी स्टाफहरूले दोस्रो पटक भाडा माग्न थाले। डबल भाडा दिन नमान्दा कुटपिटको सिकार हुनु पर्‍यो। हामी मुम्बैदेखि ५० जना आएका छौं, हामी सबैले ३५ सयको दरले ट्राभल्स समितिका सदस्य शेर सुनारलाई भाडा बुझाएका छौं, डबल भाडा दिन नमान्दा कुटपिट भयो।'

तर सुनार सम्पर्कविहीन छन्। गाडीमा सवार अन्य सदस्यले फेरि भाडा मागिरहेका उनले बताए।

भारतमा त झनै तीव्र गतिमा कोरोना फैलिरहेको छ। त्यहाँबाट सुरक्षित हुन घर फर्किरहेका नेपालीसँग दुई पटक भाडा असुल्ने योजना ट्राभल्स समितिले बनाएको बोहराको आरोप छ। बीच बाटोमा पुगेपछि भाडा देऊ भनेर धम्काउने, गाडीबाट उतार्छु र बाटोमै छोड्दिन्छु भनेर आफूहरूलाई कुटेको पीडित यात्रुहरू बताउँछन्।

समितिका सदस्य शेर सुनार भाडा उठाएर फरार छन्। यात्रु कुटपिटबारे प्रतिक्रिया माग्न खोज्दा एकता ट्राभल्स समितिका पदाधिकारीहरू पनि सम्पर्कमा आएनन्।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Secondary Cause Irregularities in Commodity Market
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Transport entrepreneurs/syndicate
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports