Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2021-04-29

६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई वैशाख २२ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई प्रलोभनमा पारी वैशाख १६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध वैशाख २२ गते इलाका प्रहरी कार्यालय रामपुरमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय रामपुरका इन्स्पेक्टर तेजबहादुर दहालले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा वैशाख २२ गते गरिएको छ ।

भरत खड्का

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments