Incident Reports

ताेकिए भन्दा छ गुणा बढी भाडा लिने गाडी कारबाहीमा

2021-05-07

कोरोना सङ्क्रमणको दोस्रो लहरसँगै जोखिम बढेपछि काठमाण्डौ उपत्यकाबाट धनुषाको जनकपुरसम्म जाँदा करिब छ गुणा बढी भाडा लिने गाडीलाई जिल्ला ट्राफिक कार्यालय काभ्रेपलाञ्चोकले कारबाही गरेको छ ।काठमाण्डौबाट जनकपुर गइरहेको समयमा काठमाण्डौ पूर्वी–नाका साँगामा १५ जना यात्रु बोकेर आएको गाडीलाई जाँचका क्रममा बढी भाडा असुलेको भन्दै कारबाही गरिएको कार्यालयले जनाएको छ ।

प्रतियात्रु १५ हजार रुपैयाँका दरले भाडा लिएको जनाउँदै चालक सुरज भण्डारीसहित गाडीलाई यातायात व्यवस्था विभागमा कारबाहीका लागि सिफारिश गरिएको कार्यालय प्रमुख ट्राफिक इञ्चार्ज प्रमिला श्रेष्ठले जानकारी दिनुभयो।उहाँले भन्नुभयो, 'चालक र गाडी होल्ड गरी कारबाहीका लागि सिफारिश गरेका छौँ ।'

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Black Marketing
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Secondary Cause Irregularities in Commodity Market
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Transport entrepreneurs/syndicate
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments