Incident Reports

प्रहरीमाथि हातपात गर्ने २ जना पक्राउ

2021-05-08

Province 1, Sunsari, Inaruwa, Ward 9

काठमाडौं । सुनसरीको इनरुवा नगरपालिका–९ बाट मास्क नलगाई हिँड्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जाल्पापुर बस्ने २६ वर्षीय नजाम मियाँ र शम्शेर मियाँ छन् । अस्थायी प्रहरी पोष्ट सम्बला पोखरीबाट खटिएका प्रहरी हवल्दारले ‘मास्क खोइ ?’ भनेर प्रश्न गर्दा उनीहरुले हातपात गरेका थिए ।

शनिवार हवल्दारलाई हातपात गरेर अपशब्द बोलेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । एउटा मोटरसाइकलमा सवार ३ जनामध्ये एकजना फरार भएका छन् । उनीहरुले प्रहरी हवल्दारलाई कुटपिट गरेर कपडा च्यातिदिएका छन् । कोरोना रोकथामका लागि खटिएका प्रहरीलाई अभद्र ब्यबहार गर्ने बिरुद्ध संक्रामक रोग ऐन–०२० र अभद्र व्यवहार मुद्दा चलाइने सुनसरीका एसपी कमल थापाले रातोपाटीलाई बताए ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Secondary Cause Healthcare Management
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports