Incident Reports

प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात गरेको आरोप

2021-05-09

Madhes, Dhanusha, Aaurahi

जनकपुर ।धनुषाको एक स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारीबीच विवाद हुँदा कर्मचारीमाथि हातपात भएको छ । धनुषाको औरही गाउँपालिकाका अध्यक्ष ब्रम्हदेव यादवले प्रमुख प्रशासकीय अधिकृत सुवोधकुमार ठाकुरमाथि हातपात गरेका हुन् ।

स्थानीय तहमा उपभोक्ता समितिमार्फत भएको कामको भुक्तानी सम्बन्धी विवाद बढेपछि गाउँपालिका अध्यक्षले प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात गरेको पीडित पक्षको भनाइ छ । अध्यक्ष यादवले बजेट निकासाका लागि गरेको आग्रहलाई प्रमुख प्रशासकीय अधिकृतले बेवास्ता गरेपछि भनाभन भएको बताए । तर आफूले प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात नगरेको उनको भनाइ छ । उनले भने, ‘मैले कसैमाथि हातपात गरेको छैन ।’

गाउँपालिकामा ४÷५ महिनापूर्व स्थानीय रमानन्द पाण्डेय, मो. सबुर शेख, मो. रजाक राईन लगायतकाले उपभोक्ता समितिमार्फत गरेका निर्माण कार्यको करिब ६० लाख रुपैयाँ भुक्तानी बाँकी रहेको र सो भुक्तानी गरिदिन आफूले आग्रह गर्दा प्रमुख प्रशासकीय अधिकृतले बेवास्ता गरेपछि भनाभन भएको उनको भनाइ छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Contestation over non-elective positions and influence
Secondary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments