Incident Reports

पाँचथरमा एक साता निषेधाज्ञा

2021-05-10

वैशाख २७ गते राती १२ बजेदेखि लागु हुने गरी पाँचथर जिल्लामा अत्यवाश्यक बाहेकका सबै सेवा तथा यातायात बन्द हुने भएको छ। जिल्लास्थित कोभिड १९ जोखिम व्यवस्थापन समिति (डिसिसिएमसी)ले एकसाताका लागि अत्यावश्क बाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको हो।

यसअघि जिल्ला समन्वय समिति प्रमुख, फिदिम नगरपालिकाका मेयर, राजनीतिक दल, उद्योग वाणिज्य संघ, पत्रकार महासंघका प्रतिनिधिसहित बसेको बैठकले बन्दाबन्दी गर्नका लागि सुझाव दिएको थियो। अत्यावश्क सेवा विहान ५ः३० देखि ९ः३० सम्म सञ्चालन गर्ने गरी निषेधाज्ञा भएको हो। सबै पक्षको सुझावका आधारमा एकसातालाई निषेधाज्ञा गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए।

जिल्लाका कोरोना भाइसरबाट संक्रमितको संख्या बढ्दै गएको छ। सीमित परीक्षणको क्रममा पनि संख्या बढ्न थालेपछि त्रसित अवस्था सृजना भएको छ। आइतबार एकैदिनमा १७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीका अनुसार फिदिममा ८ जना, याङवरक गाउँपालिकामा ३, फालेलुङ गाउँपालिका ५ र हिलिहाङ गाउँपालिकामा १ जनालाई संक्रमणको पुष्टि भएको छ। यसअघि जिल्लामा १७ जना सक्रिय संक्रमित रहेका थिए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Curfew/prohibitory order issues by the state
Primary Cause Other governance issues
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments