Incident Reports

सोलुखुम्बुमा आज राति १२ बजेदेखि १५ दिनसम्मका लागि निषेधाज्ञा

2021-05-09

सोलुखुम्बु –

सोलुखुम्बुमा आइतवार (आज) राति १२ बजेदेखि निषेधाज्ञा लगाइने भएकाे छ । कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर फैलिने क्रम बढेपछि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले आज रातिदेखि जिल्लाभर निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।

जिल्ला काेभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र डीसीसीएमसीको शुक्रवार बसेको बैठकले आइतवार राति १२ बजेदेखि १५ दिनका लागि निषेधाज्ञा लगाउने निर्णय गरेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले जानकारी दिनुभयो ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा (३) र सङ्क्रामक रोग ऐन २०२० को दफा (२) बमोजिम निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ । 

निषेधाज्ञामा अति आवश्यकबाहेक अन्य काम गर्न पाइने छैन । निषेधाज्ञा पालना नगरेको पाइएमा सङ्क्रामक रोग ऐनअनुसार कारबाही गरिने पनि प्रमुख जिल्ला अधिकारी शाहीको भनाइ छ । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 7 days
Primary Form Curfew/prohibitory order issues by the state
Primary Cause Other governance issues
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments