Incident Reports

इलाममा जेठ १२ सम्म निषेधाज्ञा

2021-05-11

इलाम ।इलाममा कोरोना संक्रमित बढ्दै गएपछि गएरातिदेखि निषेधाज्ञा जारी गरिएको छ ।कोभिड १९ महामारी जिल्लामा तीव्र रुपमा फैलिँदै गएकोले जनस्वास्थ्यमा पर्न सक्ने गम्भीर असरलाई नियन्त्रण गर्न थप सतर्कता अपनाउन यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी धुव्र बहादुर खड्काले बताउनुभएको छ ।

निषेधाज्ञा आगामी जेठ १२ गते राती सम्म जारी रहने छ । यस अघि इलाम सदरमुकामस्थित इलाम बजारमा क्षेत्रमा अत्यावश्यक बाहेकका सवारी र सर्वसाधारणलाई आवतजावतमा रोक लगाइएको थियो ।

जिल्ला बाहिरबाट भित्रने र बाहिरिने सबै यात्रु बाहक सवारी साधन र जिल्ला भित्र चल्ने सवारी साधनमा सञ्चालनमा रोक लगाइएको छ भने सभा समारोह र भिडभाड हुन दिइने छैन । जिल्लाका सबैजसो स्थानीय तहमा कोरोना संक्रमण फैलिएकोले सतर्कता अपनाइएको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 7 days
Primary Form Curfew/prohibitory order issues by the state
Primary Cause Other governance issues
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments