Incident Reports

दोलखामा जेठ १५ सम्म निषेधाज्ञा

2021-05-16

चरिकोट — दोलखामा निषेधाज्ञा जेठ १५ सम्मका लागि बढाइएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको शुक्रबार भएको भर्चुअल बैठकले कोरोना संक्रमण तीव्र रुपमा फैलिएको भन्दै जेठ १५ सम्मका लागि निषेधाज्ञा थप गरेको हो  ।

जिल्लाको चरिकोट, मैनापोखरी, जिरी, सिंगटी लगायतका सबै बजार क्षेत्रमा निषेधाज्ञा अझ प्रभाकारी बनाइने प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिए ।

जिल्लाभर सञ्चालनमा रहेका बजार पसल, यातायात पूर्णरुपमा बन्द गरिएको छ । कोरोना संक्रमण गाउँ र समुदायमै पुगेकाले स्थानीय तहमा निषेधाज्ञा थप कडाइ गर्न सम्बन्धित नियकालाई आग्रह गरिएको छ ।स्थानीय तहमा निषेधाज्ञा अझ बडा बनाउन प्रहरी परिचालन गरिने उनले बताए । 

औषधि लगायतका अत्यावश्यक क्षेत्र भने खुला हुने आदेशमा भनिएको छ । यस्तै तरकारी तथा खाद्यान्न पसल बिहान ८ बजेसम्म मात्रै खोल्न पाइने छ । बैंक तथा वित्तिय संस्था हप्तामा दुई दिन मात्रै खोल्न दिइने उनले बताए । नागरिकलाई अत्यावश्यक बाहेक हिँडडुलमा समेत प्रतिबन्ध गरिएको जारी आदेशमा उल्लेख छ । निषेधाज्ञा उल्लंघन गरेर हिँडडुल गरे प्रहरीले जरिवानादेखि पक्रउ समेत गर्ने प्रजिअ घिमिरेले बताए । 

विवाह ब्रतबन्ध, दिवाली पूजा लगायतका घरायसी धार्मिक कार्य गरे कारबाही गर्ने आदेशमा उल्लेख गरिएको छ ।

दोलखामा शुक्रबार मात्रै ८५ जनामा संक्रमण पुष्टि भएको छ । यो सहित जिल्लाभर ४ सय ३३ जना संक्रमित पुगेकाछन् भने पाँच जनाका मृत्यु भइसकेको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 7 days
Primary Form Curfew/prohibitory order issues by the state
Primary Cause Other governance issues
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth unknown
National/Online Media

0 Comments