Incident Reports

सामूहिक बलात्कार आरोपमा कपिलवस्तुबाट २ जना पक्राउ

2021-05-17

Lumbini, Kapilbastu, Shivaraj, Ward 6

कपिलवस्तुको शिवराज नगरपालिका–६ स्थित कुरदबेटवामा बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कुदरबेटवा बस्ने २६ वर्षीय इलियस मुसलमान र २१ वर्षीय चिनका मुसलमान उर्फ सलमान छन् ।

गएराती ९ बजेतिर गोठबाट घर जाँदै गरेकी १३ वर्षीय बालिकालाई उनीहरुले बलात्कार गरेको आरोप छ । आरोपीहरुलाई वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

मोटरसाइकलमा राखेर बालिकालाई उनीहरुले आँपको बगैँचामा लगेर बलात्कार गरेको पीडितले प्रहरीलाई बताएका छन् । आरोपीहरुमाथि बलात्कार मुद्दामा अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका इन्सपेक्टर शंकर आचार्यले रातोपाटीलाई बताए ।


 



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments