Incident Reports

पाटन अस्पताल वरिपरि बसेर अक्सिजन सिलिण्डर कालोबजारी गर्ने तीन जना पक्राउ

2021-05-18

Bagmati, Lalitpur, Lalitpur, Ward 3

प्रहरीले अक्सिजन सिलिण्डर कालो बजारी गरेको आरोपमा ललितपुरबाट तीन जनालाई पक्राउ गरेको छ। मंगलबार राति पाटन अस्पताल वरिपरबाट तीन जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर ललितपुरकी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) किरण बज्राचार्यले जानकारी दिइन्।

अक्सिजन सिलिण्डर कालोबजारी गरिरहेको भन्ने विशेष सूचना आएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूले एउटा अक्सिजन सिलिण्डरको ४१ हजारसम्म लिने गरेको एसएसपी बज्राचार्यले बताइन्। 

'पाटन अस्पताल वरिपरि बस्ने। अनि आवश्यक परेका मान्छेहरू खोज्दै आएपछि उनीहरूलाई लगेर धेरै मूल्यमा बेच्ने रहेछन्,' एसएसपी बज्राचार्यले भनिन्,'सिलिण्डरको खासै किनबेच हुँदैन। धरौटी जसरी पैसा डिपोजिट गरेर राखेर सिलिण्डर दिएर पठाउँछन्। तर उनीहरूले किनबेच नै गर्न खोजे।'

ललितपुर परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) प्रज्वल महर्जनका अनुसार पक्राउ पर्नेहरूबाट अहिले एउटा अक्सिजन सिलिण्डर बरामद भएको छ। उनका अनुसार पक्राउ पर्नेमा धादिङ गल्छी गाउँपालिकाका ४२ वर्षीय रामशरण घिमिरे, हेटौडा उपमहानगरपालिकाका ४२ वर्षीय नवराज खनाल र नुवाकोट विदुर नगरपालिकाका ३९ वर्षीय रामकृष्ण घिमिरे छन्। उनीहरूमाथि थप अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय ललितपुरमा म्याद थप गर्न लगिएको छ।उनीहरूले अरू सिलिण्डरहरू पनि त्यसरी नै कालोबजारी गरे/नगरकोबारे थप अनुसन्धान गरिरहेको एसपी महर्जनले बताए। 

पछिल्लो समय नेपालमा कोरोना भाइरसको संक्रमण बढेपछि अक्सिजनको कमी हुन थालेको छ। अक्सिजनको कमी भएपछि प्रहरी नै खटिएर अक्सिजन सिलिन्डरको खोजी गर्न थालेको हो। त्यसैबेला अक्सिजन सिलिण्डरको कालोबजारी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो।बजारमा प्लान्ट तथा उद्योगहरूले सिलिण्डरमा चार सयदेखि सात सयसम्ममा अक्सिजन भर्ने गरेका छन्।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Black Marketing
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Secondary Cause Irregularities in Commodity Market
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments