Incident Reports

कटारी नगरपालिकाका प्रमुख, उपप्रमुखको घरमा तोडफोड

2021-05-19

Province 1, Udayapur, Katari

उदयपुर — उदयपुरको कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ र उपप्रमुख भिमकुमरी राउतसहित एक वडाध्यक्षको घरमा स्थानीयले तोडफोड गरेका छन् । कटारी नगरपालिका–४ जहडीस्थित सार्वजनीक जग्गामा बनाएको घर नगरपालिकाले भत्काएपछि स्थानीयले बुधबार दिउँसो प्रमुख श्रेष्ठ, उपप्रमुख राउत र वडा नम्बर ४ का वडाध्यक्ष कृष्ण दनुवारको घर तोडफोड गरेका हुन् । 

सयौंको संख्यामा आएका स्थानीयले उपप्रमुख राउत, वडाध्यक्ष दनुवार र नगरपालिकाका सूचना अधिकारी ओम मिश्रको घर तोतफोड गरेपछि प्रमुख श्रेष्ठको घर तोडफोड गरेका थिए । नगरप्रमुख श्रेष्ठको घर तोडपफोड गर्दै आगजनी गर्न खोजेपछि प्रहरीले २ सेल अश्रुग्यास प्रहार गरेको थियो । आगजनीको प्रयासपछि स्थिती नियन्त्रण लिन अश्रुग्यास प्रहार गर्नु परेको इलाक प्रहरी कार्यलाय कटारीले जनाएको छ । 

घर तोडफोड रोकिएपनि अहिले कटारी बजार तनावग्रस्त रहेको स्थानीय सञ्चारकर्मी अभिमन्यु लामिछानेले बताए । स्थानीयले घर तोडफोड गर्दा पूर्णरुपले क्षति पुगेको नगरप्रमुख श्रेष्ठले बताए । प्रहरीका अनुसार स्थानीयको तोडफोडका कारण चारै जनाको घर पूर्णरुपमा क्षति पुगेको छ । आक्रोसित स्थानीयले इलाका प्रशासन कार्यलाय रहेको वडाध्यक्ष दनुवारको घर समेत तोडफोड गर्दै कार्यालयमा समेत असर परेको छ । 

कोरोना संक्रमणका कारण गरिएको निषेधाज्ञाको मौका छोपेर जहडीमा रातारात घर बनाएपछि त्यसलाई रोक्न नगरपालिको स्थानीय सन्तबहादर सुनुवार लगायतको घर भत्काएको सूचना अधिकारी मिश्रले बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र जिल्ला प्रशासन कार्यालय उदयपुरले जहडीको जग्गा संरक्षण गर्न भनी निर्देशन दिएको र नगर कार्यपालिकाले समेत संरक्षण गर्ने निर्णय गरेको मिश्रले बताए । 

अख्तियार, जिल्ला प्रसाशन र कार्यपालिकाले समेत संरक्षण गर्नु भनिएको जग्गामा कोरोना संक्रमणको मौका छोपी रातारात घर बनाएपछि रोक्नका लागि सन्तबहादुर लगायत ४/५ वटा घर सांकेतिक रुपमा भत्काइएको नगरपालिकाले जनाएको छ । जहडी कटारी बजारभित्र पर्ने स्थान हो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Access/control of public land
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people 80
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 4
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Total damaged Buildings 4
Severely damaged Buildings 4
National/Online Media

0 Comments