Incident Reports

कोभिड संक्रमितको उपचार निःशुल्कको माग गर्दै रिले अनसन

2021-05-19

Madhes, Dhanusha, Janakpur

विभिन्न सात सूत्रीय माग राख्दै नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य कपिलदेव यादवको नेतृत्वमा युवाहरुले रिले अनसन थालेका छन् । 

कोभिड संक्रमितको उपचारमा भइरहेको समस्या समाधानको माग गर्दै उनीहरुले बुधबार दिउँसोदेखि जनकपुधामको जनकचोकमा रिले अनसन थालेका ुन् । कोरोना संक्रमितको उपचार निःशुल्क गर्नुपर्ने लगायतको माग राखेर उनीहरुले केहीदिनदेखि विरोध प्रदर्शन गर्दै आएका छन् । मागप्रति सरोकारबाला निकाय गंभिर नभएको भन्दै आपूmहरु बाध्य भएर रिले अनसन थालेको नेवि संघका केन्द्रिय सदस्य कपिलदेव यादवले बताए । प्रादेशिक अस्पताल जनकपुर र मुख्यमन्त्री कार्यालय अगाडी उनीहरुले प्लेकार्डसहित प्रदर्शन गरेका थिए । केस यादवको नेतृत्वमा ने.वि.संघका त्रिलोकनाथ मिश्र, गणेश साह, अरुण यादव, सुस्वेत लाभ, गौरब सिंह, रन्जित साह, राजन साह लगायत रिले अनसनमा बसेका छन् । माग पुरा नभए आमरण अनसनमा बस्ने चेतावनी केस यादवले दिए ।

जनकपुर टुडे मेडिया ग्रुप प्रालिद्वारा प्रकाशित जनकपुर टुडे राष्ट्रिय दैनिक पत्रिका मधेशको पहिलो 'क' वर्गको पत्रिका हो । हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Healthcare Management
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
National/Online Media

0 Comments