Incident Reports

मास्कको कालोबजारी गरेको अभियोगमा फार्मेसी संचालक पक्राउ

2021-05-22

Province 1, Morang, Biratnagar, Ward 9

मोरङ, २०७८ जेठ ९ गते  मास्कको कालोबजारी गरेको अभियोगमा अधिकारी फार्मेसीका संचालक विराटनगर महानगरपालिका-९ बस्ने ३१ वर्षीय भुपेन्द्र नाथ अधिकारीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । अधिकारीले सोही महानगरपालिका-७ कोशी अस्पताल अगाडि संचालन गरेको उक्त फार्मेसीबाट सुनसरी नगरपालिका-७ बस्ने ३७ वर्षीय श्याम चौधरीलाई ६ हजार ८ सय ८० रुपैयाँ पर्ने सिलिकन फूल फेस मास्कलाई ८ हजार ५ सय रुपैयाँमा विक्री गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले १ थान सिलिकन फूल फेस मास्क सहित उनलाई फार्मेसीबाटै पक्राउ गरेको हो । उनलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ कसूर अन्तर्गत कारवाही प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Black Marketing
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Secondary Cause Irregularities in Commodity Market
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Police website

0 Comments