Incident Reports

खुवालुङ संरक्षणका अभियन्ता पक्राउ

2021-03-11

Province 1, Dhankuta, Dhankuta

प्रहरीले खुवालुङ संरक्षणमा जुटेका अभियन्ता दिनेश काम्दुङ खुम्बु र साजन राईलाई पक्राउ गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ८ फागुनमा विराटनगर पुगेर किराँतहरूको सांस्कृतिक र मिथ जोडिएको खुवालुङ ढुंगा फुटाउने घोषणा गरेपछि किराँतहरू आन्दोलित भएका थिए ।

सप्तकोसीमा जहाज चलाउने भन्दै किराँतहरूको सांस्कृतिक बिम्ब खवालुङ ढुंगा फुटाउने सरकारी योजनाको विरोध गरिरहेका अभियन्तालाई अहिले सप्तकोसीका डुंगा चलाइरहेकाहरूको उजुरीमा पक्राउ गरिएको किराँत राई विद्यार्थी संघका अध्ययक्ष रामचन्द्र राईले जानकारी दिए ।

किराँत सभ्यता र मुन्दुमका मिथ जोडिएको उक्त ढुंगा उदयपुर, धनकुटा र भोजपुरको सीमानामा पर्छ । वराह क्षेत्रनजिकै रहेको खुवालुङ क्षेत्रमा किराँतहरूले पूजा तथा अनुष्ठान गर्दै आएका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Secondary Form Detention of Protesters
Primary Cause Other governance issues
Secondary Cause Freedom of Assembly
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments