Incident Reports

बलात्कार प्रयास तथा यौन दुर्व्यवहार घटनाका आरोपितबिरूद्ध उजुरी

2021-05-22

Karnali, Kalikot, Khandachakra, Ward 8

एक बालिका र दुई युवतिलाई बलात्कार प्रयास तथा यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले खाडाचक्र नगरपालिका-८ का २८ वर्षीय धनराज मल्ल, सोहि ठाउँका २४ वर्षीय हस्त मल्ल र २६ वर्षीय जनक मल्लबिरूद्ध जेठ ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

आरोपितहरूले १७ वर्षीया बालिका, १८ वर्षीया र २३ वर्षीया युवतिलाई जेठ ८ गते बलात्कारको प्रयास तथा यौन दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ ।

फरार रहेका आरोपितलाई निषेधाज्ञाको कारण गिरफ्तार गर्न नसकिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्रबहादुर साहले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।

पीडित महिलाहरूको स्वास्थ्य परीक्षण जेठ ९ गते जिल्ला अस्पताल कालिकोटमा गरिएको अस्पतालका सूचना अधिकारी कटक महतले जानकारी दिनुभयो ।

कालीबहादुर मल्ल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments